नेपालीले स्थापना गरेको सामाजिक इकमर्स साइट सगनुले संसारभरबाट लगानी जुटाउने गरी मिनी आइपिओ निस्कासन गरेका बेला नेतृत्वमा रहेका गैरआवासीय नेपालीहरुले यसलाई लगानीको राम्रो अबसरका रुपमा लिएको बताएका छन् । उनीहरुले आफूले लगानी गर्दै यसलाई अबसरका रुपमा लिन विदेशमा रहेका नेपालीलाई आग्रह समेत गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले अहिलेको युग आइटिले लिड गर्ने भएकाले सगुनले ल्याउने प्रोडक्टले विश्वलाई प्रभाव पार्ने बताउनु भयो । नेपालीले स्थापना गरेको कम्पनीले अमेरिकामा मिनी आइपिओ निस्कासनको अनुमति पाउनु आफैंमा गौरवको विषय भएको उहाँको भनाइ थियो ।

सगुनमा क्रेडिट÷डेविट कार्डमार्फत जुनसकै देशबाट लगानी गर्न सकिन्छ । शेयरमा क्रेडिट÷डेविट कार्डबाटै लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो । नेपालबाट भने विदेशमा लगानी गर्ने कानुन बनिसकेको छैन । तर बिश्वभर छरिएर रहेका नेपालीहरुले भने त्यस देशको बैकमा खाता भएको खण्डमा लगानी गर्न सक्नेछन् ।

सगुनमा लगानीको अबसरले एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचन पनि उत्साहित देखिनु भएको छ । उहाँले एनआरएनभित्र प्रविधि सिक्नेहरु धेरै भएकाले उनीहरुका लागि सगुनको प्रोजेक्ट निकै उपयोगी हुने बताउनु भयो । उहाँले सगुनको प्लेटफर्म सबैका लागि उपयोगी हुने बताउँदै आइटिको क्षेत्रमा यसले फड्को मार्न सक्ने उल्लेख गर्नु भयो ।

सगुन सेयर खरिद गर्न नोबेम्बर ३० सम्मको समय रहेको बताइएको छ । एनआरएनएका सगुनका उपाध्यक्ष कुल आचार्यले सगुनको पोजेटिभ मुभमेन्ट गइरहेको बताउँदै आफूले समेत सगुनमा लगानी गरेको बताउनु भयो । उहाँले बेलायतमा समेत धेरैले लगानी गरेको जानकारी दिँदै सगुनमाथि धेरैको भरोसा रहेको बताउनु भयो । उहाँले भन्नुभयो सगुनका संस्थापकहरुले ठूलो सपना बोकेर हिँड्नु भएको छ । यसले एक दिन नेपालीलाई गौरव गर्ने अर्को अबसर दिनेछ भन्ने मेरो अपेक्षा छ ।

टेक्नोलोजीको युगमा उहाहरुले गरिरहेको कामलाई सबै एनआएनले सहयोग गरेर सफल बनाउने हो भने भोली दिनमा उदाहरण बन्न सक्ने लामो समय देखि अष्ट्रेलियामा बस्तै आउनु भएको इन्द्र वानले बताउनुभयो ।

सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो, यसले सोसियल साइट चलाउँदा युजरले पैसा कमाउन सक्ने फरक खालको अबधारणा ल्याएको छ ।गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राजभण्डारी नेपालीमा धेरै डेडिकेसन रहेको बताउँदै यसले नेपालीलाई विश्वमा चिनाउने बताउनु हुन्छ । सगुनको सेयरले धेरैलाई सकारात्मक प्रभाव पार्न सक्छ,उहाँले भन्नु भयो ।

एनआरएनएका अर्का उपाध्यक्ष कुमार पन्तले इतिहासमा देखिने गरी सगुनले अन्तराष्ट्रिय रुपमा लगानीको प्रोग्राम ल्याएको बताउनु भयो । सगुनको भविष्य उज्यल देखेको छु, उहाँले भन्नुभयो ।

सगुनको अभियान एक्काइसौं सताब्दीका लागि ठूलो अभियान भएको एनआरएनएका महासचिव बद्री केसीले बताउनु भयो । उहाँले नयाँ विजनेसमा हात हालेको सगुनलाई गैरआवासीय नेपालीहरुको साथ रहने बताउनु भयो । नयाँ नयाँ कुरा आए भने मात्र नेपालको बिकास हुन्छ । साथै उहाहरुले सगुनको लागि ल्याएको सामूहिक लगानीमा एउटा उदारणिय काम भएको एनआएएनमा कोषाध्यक्ष हिकमत थापाले बताउनुभयो ।

 सगुनमा लगानी गर्न चाहनेहरुले सगुनको पेज https://www.sagoon.com/invest मा गएर लगानी गर्न सकिन्छ । एनआरएन सम्मेलन काठमाडौमा बिभिन्न एनआएनका नेताहरुले के के भने त सगुनको बारेमा भिडियो सहित ।

 

तपाईको प्रतिक्रिया