इटहरी । पछिल्लो समय पूर्वी नेपालका गायन क्षेत्रमा लोकप्रिय र चर्चित बन्दै स्रोता एवम दर्शकका माझमा चर्चित बन्दै आएका तीन जना गायकहरुद्धार तयार पारेको तीजको म्युजिक भिडियोको सिडी संयुक्त विमोचन गरी सार्वजनिक गरिएको छ ।
कार्यक्रममा कलाकार एमव गायकहरुमध्ये कार्यक्रम प्रस्तोत नमस्ते एफएमकी कार्यक्रम सञ्चालक चन्दा खड्काको तीजको रहर, अञ्जु गौतमको माईतीको आँगन र अर्की गायिका गङ्गा गौतमको माईतीको देश बोलका म्युजिक भिडियोको चर्चित गायक कुन्ती मोक्तानले लोकार्पण गरेका थिन् ।
कार्यक्रमा गायक चन्दा खड्का, अञ्जु गौतम र गङ्गा गौतमले आ आफ्ना एल्वमका गितहरु प्रस्तुत गरेर सहभागीहरु लाई अझ मनोरञ्जन गराएका थिए ।
इटहरीमा रहेक बर्ष झै यो बर्ष यहाँका चेलीबेटी एवम कलाकार सङ्गीतकार र साहित्यप्रेमीहरुको सक्रियतामा आयोजित तीज विशेष कार्यक्रममा गायिक कुन्ती मोक्तानले तीज पर्वले नेपाली चेली र माईतीबीचको आपसमा दरिदो साईनो छ भन्ने सन्देश दिने भएकाले यो चेली माईतीका लागि निकै महत्वपूर्ण मान्ने गरिदै आएको बताइन ।
सङ्गीतकार बलराम समालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस क्षेत्रका गायक एवम कलाकारहरुले आ आफ्नो गीत एवम प्रहसन प्र्रस्तुत गरी सहभागि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने कार्य गएको थियो । त्यस अवसरमा चेलिबेटी अपाé महिला समाजकी अध्यक्ष दिलकुमारी राई लाइ सम्मान गरेको  छ ।

 

तपाईको प्रतिक्रिया