नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। ली। अन्तर्गत इटहरी स्थित पाथिभरा अटो लिङ्क ले “हुन्डाई “JOYFUL  JULY”अफर” ल्याएको छ । यस अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाँउनेछन ।

विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै नै सार्वजनिक गरिएको यस योजना एकदम नौलो हो । सो योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इनस्युरेन्स तथा रोड ट्याक्स (२०७४र२०७५) र स्क््रयाच कुपन मार्फत रु १ लाख सम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

यो योजना सिमित अवधीका लागि मात्र लागु हुने छ ।

चाडपर्व अगावै नै ग्राहकवर्गको मनसूनमा खुशियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको हो । पाथिभरा अटो लिङ्क ले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ  र यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

 

तपाईको प्रतिक्रिया