युवराज विष्ट
भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनसंख्या व्यावस्थापनको लागि ८ ओटा कार्यक्रम पस्ताव गरेर जनसंख्या तथा वातारण मन्त्रालयमा पठाउने जनाएको छ । जिल्ला समन्वय समितको वैठक मार्फत निर्णय गरेर कार्यक्रमहरु पठाउन लागेको हो । जसमा अस्पतालमा आधारित एकद्धार संकट व्यावस्थापन केन्द्र माग गर्ने, स्थानिय स्तरका समुदायमा वादरबाट हुने क्षतिलाई क्षति मानी सो को वन मन्त्रालय संग समन्वय गरि क्षतिपुर्तीको माग गर्ने, त्यस्तै गरि प्रत्येक स्थानिय तहमा जेष्ठ नागरिकहरुको हेरचाह र सम्मानको लागि दिवा सेवाकेन्द्र स्थापना गर्न पहल गर्ने लगाएत ८ ओटा कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका तथ्याङ्क अधिकृत एवं जनसंख्या कार्यक्रमका फोकल पर्सन मुकुन्द दाहालले जानकारी दिए ।
त्यस्तै स्वास्थ्य कार्यालयले स्थानिय तह अनुसारको जनसंख्या पाश्वचित्र निर्माण गर्ने भएको छ । यस तयार गरिएको पाश्वचित्र पुरानो संरचना अनुसारको भएकोले नया पाश्वचित्र निर्माण गर्ने विश्व जनसंख्या दिवसको अवसरमन मंगलवार अन्तक्रिया कार्यक्रम मार्फत जनकारी गराइएको हो । वाश्वचित्रमा जनसंख्याको गहन रुपमा तथ्याङ्ग संकलन गरिने वताइएको छ । पाश्वचित्र पुर्णरुपमा छपाई गर्न रकम अभाव भएकोले हाललाई इलेक्ट्रानिक कपी तयार गरिने जनाइएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला जनसंख्या व्यावस्थापनको लागि के कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो भने जिल्ला स्वास्थ्य कार्यलयले जनसंख्या व्यावस्थापनको लागि हाल गरेको कामको विषयको जानकारी दिएको थियो । कार्यक्रमा वाल्दै प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङ्गले मानिस जन्मिनु भन्दा अगाडी र जन्मे पछिको सवै मानविय आवश्यकतालाई सम्वोधन गर्न सके व्यावस्थित परिवारको नारालाई साकर वनाउन सकिने वताइन् ।

 

तपाईको प्रतिक्रिया