इटहरी । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) नेतृत्वले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्थाहरु बहेक अधिकाङ्श शैक्षिक प्रतिष्ठानहरु विहानैदेखि बन्द रहेका छन ।
बन्द सफल पार्नका लागि प्रचार प्रसार कार्यमा सम्लग्न भएका नेपाल कम्युनिष्ट पार्टीका धरान नगर इन्चार्ज २६ बर्षीय सुरज राई, सङ्खुवासभा चैनपुर ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा विर्तामोड आर्यन अधिकारीलाई हिजै राती धरानको भानुचोकबाट पक्राउ गरिएको छ ।
प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले कलेजहरु बन्द भएकाले आफुहरुले पनि विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिनुभएको छ । उहाँका अनुसार कलेज र विद्यालयहरुमा नेपाल कम्युनिष्ट पार्टीले बन्द गर्न सूचना पठाएकाले बन्द गनु परेको बताईएको छ । बन्द आह्वानका कारण अप्रिय घट्ना भने नभएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया