काठमाडौँ
रेडियो नेपालकी चर्चित सञ्चारकर्मी एबम लोक गायिका कोमल ओलीले अब आफुलाई पोइ नचाहिने कुरा सार्वजनिक गरेकी छिन ।भर्खरै तयार पारिएको नयाँ तीजको गीति कोसेली ओइ शिव ओइ मलाई चाहिएन पोइ भन्ने गीतको माध्यमबाट उनले यो कुरा खुलासा गरेकी छिन ।
तीज आउनै लाग्दा पोइला जान पान त पोइ चाहियो भन्ने भावनाका गीतहरु बजारमाल्याउने गरेकी ओलीले गत वर्ष आएको तीज गीत लास्टै चोटी हो लाइ नै काउण्टर दिंदै नयाँ गीत चाहिएन पोइ ल्याएकी हुन् । भर्खरै राजनीतिक जीवन पनि सुरुवात गरेकी उनले राजनीतिबाट नै देशको सेवा गर्ने कुरा यस गीतको माध्यमबाट बताएकी छिन ।गीतमा पशुपति शर्मा र कोमल ओलीको आवाज रहेको छ ।
गीतको भिडियोमा पनि कोमल ओली र पशुपति शर्माको नै आवाज रहेको छ ।
हेर्नुहोस चाहिएन पोइको भिडियो…

तपाईको प्रतिक्रिया