मोरङ्ग, खेलकुद बिकास समिति मोरङ्गमा बद्रि अर्याल(राजन)ले दावेदारी प्रस्तुत गरेका छन । अर्यालले सप्तकोशी अनलाइनसँगको बिशेष कुराकानीमा यस्तो दावी गरेका हुन ।

अर्यालले लामो समयसम्म आँफुले राजनीतिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा योगदान पु¥याएको दावी गर्दै आँफु खेलकुद बिकास समितिका लागि योग्य रहेको दावी गरेका हुन ।

खेलकुद बिकास समितिमा अर्याल नै किन ?

मोरङ्गको तत्कालिन इन्द्रपुर गाबिस हालको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्वबियु सभापति हुँदा बिभिन्न लोकप्रिय काम गरेकोले, अनेरास्वबियुको केन्द्रिय सदस्य छनौटमा लोकप्रिय काम गर्ने बिद्यार्थी नेता मध्यबाट छानिएका युवा भएकाले, यसअघि पनि समितिको अध्यक्ष घोषणा गर्ने बेलामा किशोरलाल अमात्यलाई बनाउँदा सहयोग गरेकोले, पार्टीभित्र निश्कलंक भएर काम गरेको अनुभव भएकोले, अनेरास्वबियु मोरङ्गको जिल्ला अध्यक्ष भएर काम गरिसकेको भनुभव भएकोले, यस्तै अनेरास्ववियु केन्द्रिय सदस्य भएर काम गरिसकेको अनुभव भएकोले आँफुले समितिको अध्यक्षमा दावी गरेको अर्यालको भनाई छ।

अर्यालले सुकुना क्याम्पसमा स्वबियु सदस्य हुँदै उपसभापति र लामो समयसम्म स्वबियु सभापति भएर काम गरेको अनुभव संगाल्नुभएको छ। अर्याल स्वबियु सभापति हुँदा बिभिन्न लोकप्रिय काम गर्नुभएको छ। जस्तै क्याम्पस भवनभित्र मञ्च निर्माण, गरिब, जेहेन्दार बिद्यार्थीलाइ निशुल्क शिपमुलक तालिम प्रदान गरिएको, ४०जना बिद्यार्थीलाई कम्प्युटर तालिम, १ सय ५०जनालाई उद्घोषण तालिम प्रदान गरेको, ५०जनालाई पत्रकारिता तालिम, खेलकुदका साथै बिभिन्न रचनात्मक कामहरु गराउँदै आएका छन ।

यस्तै गरिब बिद्यार्थीलाई आफ्नै खर्चमा काठमाण्डौदेखि ट्रान्सकिप्ट ल्याइदिने ब्यवस्था गरेको, परिक्षा फर्म भर्न छुटेका बिद्यार्थीलाई आफ्नै खर्चमा भरिदिने ब्यवस्था गर्ने गरेको, टाढाबाट अध्ययन गर्न आउने बिद्यार्थीको डेरा सम्म पुगेर उनिहरुलाई आवश्यक सहयोग गर्ने गरेको, एवं सुकुना क्याम्पसलाई युजिसीको अनुदानको लागी क्याम्पस प्रसासनसँग सहकार्य गरेर अर्यालले भुमिका निर्वाह गरिसकेका छन ।

अनेरास्ववियुको जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य, उपाध्यक्ष हुँदै मोरङ जिल्ला कमिटी अध्यक्ष भएका अर्याल कोशी अञ्चल कमिटी सहसचिव हुँदै केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । ०६२÷०६३को जनआन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेका अर्याल तत्कालिन राजा ज्ञानेन्द्र विरुद्द आन्दोलन गर्दा जेल समेत परेका थिए ।

यस अघि समिति अध्यक्षमा अर्याललाई घोषणा गर्न लाग्दा किशोर अमात्यलाई अध्यक्ष बनाईएको र खेलकुद बिकास समिति पुर्वाञ्चलमा राख्ने भनिएपनि अर्याललाई धोका दिईएको थियो।

अर्याल कुनैपनि एगंलबाट इमानदारीतामा डगमगाएका छैनन । सानै उमेरमा आमाबाबु गुमाएका अनि अध्ययनको क्रममा मजदुरी गर्दै अघि बढेका, युवामाझ चाँडै घुलमिल हुने स्वभाव भएका अर्याल खेलकुदको बिकास गर्नसक्ने क्षमता भएका ब्यक्ति हुन ।

उनको घर गाउँमा छोराछोरीलाई राम्रो उदाहरण दिँदा बद्री जस्तो छोरा हुनुपर्छ भन्ने गरेका छन्। नयाँ नौला कामहरु गरेर चर्चामा आउने अर्याल युवाहरुको प्रेरणाको श्रोत हुन।

तपाईको प्रतिक्रिया