सरकारले नेपाल भ्रमण २०२० लाई सफल बनाउन मुल आयोजना समितिमा थप सदस्य थप्ने निर्णय गरेको छ।

भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त जानकारी दिएका हुन्।

सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा हरिशरण पुडासैनीलाई नियुक्त गरेको छ। त्यस्तै सरकारले विकास साझेदारबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) बराबरको अनुदान रकम स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री बोस्कोटाले जानकारी दिए।

हेर्नुहोस् अन्य निर्णयहरु

तपाईको प्रतिक्रिया