सुनसरी । ओभरलोड मालसमान बोकेर चलाउन ब्रेक नलाग्ने जस्ता कारणले दुर्घटना वढी हुने गरेको र दुर्घटनाका कारण संघले वढी क्षति बेर्होनु परिरहेको तर्फ मध्यनजर गर्दै लोभरलोड गर्ने ट्रकहरुलाई कारवाहीको दायरामा ल्याउन थालिएको हो ।

 सरकारी मापदण्ड भन्दा वढी माल सामान बोकेर आएका ९ वटा फुल बढी ट्रक लाई ट्रक व्यवसायीहरुले नियन्त्रण लिएर ट्राफिक लाई बुझाएको छ । 

     तोकीएको मापदण्ड भन्दा वढी माल सामन लोड गरेर सवारी चलाउदा हुने दुर्घटनाका  कारण बढी क्षति बेर्होनु परिरहेको तर्फ मध्यनजर गर्दैै कोशी ट्रक संघले मापदण्ड पालना गराउने कार्यमा जुटेको हो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ र इटहरी र विराटनगर ट्रक व्यवसायी संघ द्वारा सञ्चालित नापतौल  धर्मकाँटामा आइतबार राती कोशी काटान क्षेत्रमा नापतौल गर्ने क्रममा बढी लोड पाइए पछी ट्राफिक प्रहरी लाई बुझाएको छ ।

   नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी मालसामान वोकेका सवारीहरुलाई नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन ट्रक ब्यवसायी संघले नियन्त्रणमा लिएर कार्वाहीको लागी बुझाएको हो । 

धनुषाको जनकपुरमा रहेको कोस्मोस सिमेन्ट इण्डष्ट्रिज बाट झापाको गोरखकाली सिमेन्ट उद्योगका लागी  ७ ट्रक सिमेण्ट बनाउने कच्चा पदार्थ र अन्य २ ट्रक सिमेन्ट ओभरलोड ल्याउदै गरेका ट्रक संघले नियन्त्रण लिएर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई बुझाएको छ । WhatsApp Image 2024-05-06 at 17.17.44

रातीको समयमा चेक जाँच गर्ने क्रममा ट्रकहरुले २१ टन बोक्नु पर्नेमा क्षमता भन्दा डबल  ५९ टन,५७ टन र ५८ टन लिएर आएको ९ वटा ट्रक लाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी लाई बुझाएको  कोशि ट्रक व्यवसायी सघंका उपाध्यक्ष तथा काँटा इन्चार्ज गणेश श्रेष्ठले बताए ।

 यो राज्यको कमजोरी भएको र मधेश प्रदेशमा जरिवाना गरेर गाडिहरु आएका छन । त्यही गाडीहरुको माल मिलान गरेर पठाउनु पर्नेमा त्यतिकै छाडेको र एन कानुन विपरीत गाडिहरु छोडिएको ट्रक संघ र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको गाडीको सामान घटाएर पठाउने आश्वासन पाएको र गाडीहरुले बढि लोड लिएर आउदा सडक भासिने, गाडि अन्यन्त्रीत हुने र बढि र्दुघटना हुने गरेको कोशी ट्रक संघका अध्यक्ष तथा कोशी प्रदेश संयोजक विध्यापती उपाध्यय घिमिरेले जानकारी दिए ।

प्रदेश अन्तर्गत जतिपनि लामो दुरीबाट आउने सवारी साधनहरु छन बाग्मगी प्रदेश , मधेश प्रदेश देखी आउने क्रममा नापतौल गर्दा बढि मात्रमा ओभर लोड बोकेके पाइए पछी ट्राफिक प्रहरी र ट्रक यातायात महासघंको संयुक्त प्रयासमा नियन्त्रण्नमा लिएको छ । WhatsApp Image 2024-05-06 at 17.17.42 (1)

अर्को प्रदेशबाट आउने गाडीहरुले ओभर लोड बोकेबापतको प्रदेश यातायातमा फाइन गरेर पठाइएको र यहा डबल फाइन लिन नमिल्ने ओभर लोड सामान लाइ त्यही अनलोड गराएर आफ्नो गन्तब्यमा पठाउने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरिक्षक सरोज पौडेलले बताए ।

ओभरलोड गरी मालसामान बोक्ने कार्य बढेपछि संघलेनै चेकजाँच लाई निरन्तरता दिदै आइरहेको छ । 

सोही क्रममा ना ३ ख १५८४ ,ना ६ ख १३१३ ,ना ६ ख ५७०७ ,ना ६ ख २४९४ ,ना ६ ख २८९४ प्र.१–०२–००१ ख ९७०८, र ना ५ ख ४१७२ ना ५ ख २९८३ ना ६ ख ६९६ ट्रकहरु रहेको छ ।

यी ९ वटा ट्रकमा समान ढुवानी बापतको भ्याट तथा टिडिएस जम्मा १ लाख ७ सय ६६ रुपैया कर तिर्नु पनै हुन्छ सो रकमको भ्याट विल नकाटी कर छलि गरेको पाइएको नेपाल ट्रक यातायात व्यवसायी महासंघको दाबी रहेको छ ।

 यता ओभरलोड गरेको आरोपमा नियन्त्रणमा लिइएका ट्रक चालकहरु भाडा बढी पाउने गरेकोले क्षमता भन्दा बढी सामान बोक्ने गरेको बताउद छन ।