दोस्रो टी २० आई मा नेपालले मलेसियालाई जितका लागि  १७४ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १७३ रन बनाएको हो।
नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाए। उनले २५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका थिए।

तपाईको प्रतिक्रिया