मलेसियामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका ३ जना कलाकारसहित ३२ जना नेपाली पक्राउ परेका छन्। मलेसियाली अध्यागमनले उनीहरुलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन्। मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनु अगावैदेखि खानतलासी गरी नियन्त्रणमा लिइएको बताइएको छ।

कार्यक्रम आयोजना गरिएको स्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको र हाल पुत्राजयास्थित अध्यागमनको हिरासत गृहमा राखिएको जानकारी प्राप्त भएको नेपाली दूतावासले जनाएको छ।

दुतावासका अनुसार अध्यागमनको नियन्त्रणमा रहेकामा २० जना पुरुष र १२ जना महिलाहरु छन् ।

 

तपाईको प्रतिक्रिया