काठमाडौबाट एकजना विवाहित पुरुष एक हप्तादेखि वेपत्ता छन् । काठमाडौ बस्ने बर्ष ३० का विपिन देब काफ्ले आइतबारदेखि वेपत्ता भएको भन्दै उनकी श्रीमतीले श्रीमान् खोजिदन आग्रह गरिकी छिन् ।बा ९१ प २५५० नम्बरको स्कुटर सहित उनि कार्यरत अग्नी ग्रुपको अफिस जान भनि घरबाट हिडेका काफ्ले अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन् ।वेपत्ताको बिषयमा प्रहरीलाई समेत निवेदन दिएको बताइएको छ ।काफ्ले घर नफर्किएपछि घरमा आमा, बुवा र श्रीमती तनावमा छन् । परिवारजनले काफ्लेको खोजी गरिदिन सबैमाझ आग्रह समेत गरेका छन् ।

फोटोमा देखिएको व्यक्ति कतै देखिए वा फेला परे ९८६०२३२४९४ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।यता प्रहरीले पनि विपिनको खोजतलास गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया