पथरी। मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको डाँस मोरङगी सामुदायीक वनको कार्यसमितिमा नया नेतृत्व निर्वाचित भएको छ ।

सामुदायिक बनको कार्यभार सम्हान मदन पोख्रेलको अध्यक्षतामा ५ सदस्यि नया कार्यसमिति निर्वाचित भएको हो । पाख्रेल संगै सो समितिको उपाध्यक्षमा गिता खड्का, सचिवमा कविता दाहाल, सह सचिवमा डम्बर बस्नेत र कोषाध्यक्ष्मा धनवहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

अध्यक्ष, सचिव र सह सचिव पदका लागि पहिले नै निर्विरोध निर्वाचित भएपछि कोषाध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्ष पदमा राजु दाहालले १८६ मत ल्याएका थिए भने उनका प्रतीद्धन्दी गिता खड्काले १९८ मत ल्याएर विजयी बनिन् । 

त्यस्तै कोषाध्यक्ष पदमा २०७ मत ल्याएर धनवहादुर श्रेष्ठ विजयी बने भने उनका प्रतीद्धन्दी शान्तिमाया विश्वकर्माले १७५ मत ल्याएकी थिइन् । विजयी उम्मेद्वारहरुलाई पद तथा गोपनीयताको सपथग्रहण समेत हिजो सम्पन्न गरिएको छ । निर्वाचित नव कार्यसमितिले आइतबार बाट कार्यभार सम्हालेको छ ।