धरानका तत्कालिन नगरप्रमुख स्वर्गीय तारा सुब्बाको स्मृतिमा निर्माण गरिएको तारा सुब्बा स्मृति चिल्ड्रन पार्क संरक्षण र व्यवस्थापनको अभावमा लथालिगं बन्दै गएको छ । नगरप्रमुख रहेकै समयमा जीवन गुमाएका तारा सुब्बाको स्मृतिमा नगरपालिकाले निर्माण गरेको पार्कको निर्माण सम्पन्न भएपनि पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने भौतिक संरचना समेत संरक्षणको अभावमा लथालिंग अवस्थामा देख्न सकिन्छ । विनय प्रधानको यो रिपोट

धरान उपमहानगरपालिका वडा नम्बर १६मा पुर्व नगरप्रमुख स्वर्गीय तारा सुब्बाको स्मृतिमा  १ विगाहा १९ कठ्ठा जमिनमा निर्माण सम्पन्न भएको पार्क पुर्ण रुपमा सञ्चालनमा आउन नसक्नुमा राजनितिक खिचातानी प्रमुख कारण रहेको अनुमान गरिएको छ । पार्क निर्माण कार्य सम्पन्न भएपनि पुर्ण रुपमा सञ्चालनमा आउन नसक्नुको प्रमुख कारण राजनितिक खिचातानी नै रहेको स्थानीयहरु अनुमान गर्दछन । पार्क सञ्चालनमा आउन नसक्नु स्थानीयले अनुमान गरेझै राजनितिक खिचातानी नै रहेको धरान उपमहानगरपालिका वडा नम्बर १६का पुर्व वडाध्यक्ष दिलकुमार गितीको पनि वुझाई रहेको छ ।

पार्कमा विभिन्न जातका वृक्षारोपण गरिएको छ ।  स्व. तारा सुब्बाको शालिक राखिएको छ भने ठाउँठाउँमा  चौतारी निर्माण बालबालिकाका लागि बालउद्यान निर्माण गरिएको छ । पार्कको संरक्षणमा वडा नम्बर १६ले चासो देखाएपनि धरान उपमहानगरपालिकाले भने चासो नदिएकै कारण संचालन हुन नसकेको वडा समितिले जनाएको छ । निर्माण सम्पन्न पार्कलाई  निजी क्षेत्रलाई सुम्पिएर १५÷२० बर्षको लागि लिजमा दिदा उपमहानगरपालिकामा निजी क्षेत्रबाट ट्याक्स आउने देखि लिएर  पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र संरक्षण समेत हुने धरान उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष मुरारीप्रसाद भट्राई वताउछन । ।

धरान उपमहानगरपालिकाले निर्माण सम्पन्न भएको तारा सुब्बा स्मृति चिल्ड्रेन पार्क सञ्चालन गर्दै संरक्षण गर्ने नीति बनाइएको उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पागं वताउछन । नगरप्रमुख साम्पागंले नीजि क्षेत्रलाई दिनुभन्दा पनि उपमहानगरपालिका आफैले सञ्चालन गर्नका लागि तयारी थालि सकेको समेत जानकारी गराउछन ।

स्थानीय तहको वि.सं.२०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदवार रहेको तारा सुब्बा निर्वाचित भएका थिए   । आफनो कार्यकाल बाँकी नै रहेको समयमा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि पुर्व नगरप्रमुख सुब्बाको स्मृतिमा सो पार्क निर्माण गरिएको हो । पार्क निर्माण सम्पन्न भएपनि हाल सम्म पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।