सुनसरीको इटहरीका अधिकांस अस्पतालहरु यतिवेला सिजनल इन्फेक्सनका विरामीले खचाखँच हुन थालेका छ । यस्तै आइसोलेसनहरुमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ । बर्खा याम सुरु भएकाले विरामीको चाप बढेको चिकित्सकहरुको बुझाइ छ । 

बर्खायाम सुरु भएसँग इटहरीमा सिजनल इन्फेक्सन अर्थात् मौसमी रुघा, खोकी र कोरोना भाइरसका संक्रमितको बढ्न थालेको छ । सन् २०१९ यता विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण कुन कोरोना भाइरसको लक्षण हो र कुन सिजनल इन्फेक्सनको हो भनेर छुट्याउन कठिन भएको छ । यी दुवैको लक्षण सामान्यताय उस्तै हुन्छ । सुनसरीको इटहरीमा केहि साता यता कोरोना संक्रमित संगै सिजन इन्फेक्सनका विरामी पनि बढेका छन् ।सोहि कारण इटहरीका सरकारी तथा निजि अस्पतालमा विरामीको चाप उच्च छ । इटहरीका अस्पतालमा परिक्षण गराउन आएका मध्ये ८० प्रतिशत्लाई कोरोना र २० प्रतिशत्मा सिजनल इन्फेक्सन देखिएको अस्पतालहरुले जानकारी दिएका छन् । यसले गर्दा इटहरीमा स्वास्थ्य जटिलता बढ्दै गएको अस्पताल सञ्चालक र डाक्टरहरुको बुझाइ छ ।

स्वास्थ्य क्षेत्रका विज्ञले समेत कोरोनाको यथेष्ट लक्षण केहो भनेर थाहा नपाएको अवस्थामा सामान्य मासिनहरुले रुघाखोकी लाग्दैमा कोरोना हो की भनेर डर मान्नु सामान्य हो । 

अझ वर्खायामा त ज्वोरोका विरामी ह्वात्तै बढ्ने भएकाले अस्पतालहरुमा विरामीको चाप बढ्नु स्वभावीक हो । कोरोना र सिजनल इन्फेक्सनकोविचको फरक रोगको समयवधिबाट छुटउन सकिने चिकित्सकले बताएका छन् । 

कोरोना भाइरसले मानिसका २ दिनदेखि दूई सातासम्म भित्रमा प्रभाव देखाउँछ भने सामान्य सिजनल इन्फेक्सनले एक सातासम्ममा प्रभाव देखाउँछ ।

मंगलबारबाट नेपालमा कोरोना भइरसको तेश्रो भेरियन्ट अर्थात् कप्पा भेरियन्ट पनि देखा परेको छ । नेपालमा नयाँ भेरियन्ट थपिँदै जाँदा सामान्य इन्फेक्सनलाई पनि कोरोनाको रुपमा हेर्न थालिएको छ । यसले कोरोना परिक्षणमा चुनौति थपिँदै जानथालेको छ । यदि आफूलाई असहज महसुस भए होम वा सेल्फ आइसोलेसनमा बस्ने र डाक्टरको सल्लाह बमोजिम औषधी उपचार गराउनुपर्ने देखिन्छ । यसो गर्न सके को कोरोना संक्रमित हो र को सिजनल इन्फेक्सनको विरामी हो भनेर छुट्याउन सहज हुने थियो । यस्तै नियमित सरसफाइ, स्वास्थ्यकर खाना र स्वास्थ्य सुरक्षाको मापदण्ड पनि उचित रुपमा पालन गर्न सके यो रोग नियन्त्रण हुने थियो ।