इटहरी । विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९को महामारीका रुपमा नेपालमा समेत फैलिरहेको र उच्च जोखिममा रहेको जिल्लामा परेको सुनसरीमा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा जारी गरेर कडाई गर्न थालेको छ ।

नेपाल सरकारले कोभिड १९को उच्च जोखिममा रहेको सुचिमा राखेको सुनसरी जिल्लामा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै शुक्रवार मध्यराती १२ वजे देखि निषेधाज्ञा जारी गरेर कडाई गर्न थालेको हो ।

जिल्लामा दिनप्रतिदिन कोभिड १९को संक्रमितहरुको संख्या वढी रहेको तर्फ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मानव सुरक्षाका लागि अत्यावश्यक काम भन्दा वाहेक घर वाहिर ननिस्कन अनुरोध सहित निषेधाज्ञा जारी गरी कडाई गर्न थालेको छ । एक मानिसबाट अर्काे मानिसमा सहज रुपमा सर्न सक्ने कोभिड १९का कारण जोखिम वढीरहेको समयमा स्थानीय प्रशासन ऐन २०२८को र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका समयमा प्रशासनले अत्यावश्यक काम बाहेक मानिसहरुलाई बाहिर ननिस्कन आग्रह गरेको छ । औषधि तथा स्वास्थ्य सामाग्रीका पसल वाहेकका पसलहरु विहान ६ वजे देखि ११ वजे सम्म मात्र खोल्न दिएको छ भने सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गरेको छ । निशेधाज्ञाको पहिलो दिन इटहरी लगायतका सहरहरुमा सुरक्षाकर्मीहरुको परिचालन गरी स्वास्थ्य सुरक्षा अपनाउन साथै निषेधाज्ञा पालना गराउने काम गर्न थालेको छ । निशेधाज्ञा सुरु भएपछि अन्य दिनको तुलनामा जिल्लाका सहर बजारमा मानविय चहलपहल कमी देखिएको छ भने सवारीका साधनहरु समेत न्युन संख्यामा गुडेको देखिन्छ । जिल्लाका शैक्षिक संस्थाहरु केही दिन अघि देखिनै वन्द रहेका छन । 

20210501_112519IMG_20210501_123423IMG_20210501_123432IMG_20210501_123435IMG_20210501_123606IMG_20210501_123440IMG_20210501_123640IMG_20210501_123534