विराटनगर।  मोरङ बुढीगंगा २ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक महिला विराटनगर १९ घर भएकी २८ वर्षीष प्रियंका सुनवार हुन्।हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको हो।

स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो। स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।