इटहरी / सुनसरीकाे इटहरीका एउटै टाेलका २५ जना बिरामी परेका छन् । इटहरी ३ सुनौलो टोलमा ७ घर का २५ जना ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका हुन् । पुरै बस्ती नै ज्वरो, खोकी, पखाला लगायतका लक्षण सहित बिरामी भएका छन् । काेराेना संक्रमण सँग मिल्दाे जुल्दाे लक्षण देखिएपछि त्यस क्षेत्रमा त्रासकाे अवस्था देखिएकाे छ । गाँउ नै बिरामी भए पश्चात इटहरी उपमानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा होम आइसोलेशन टिम संयोजक राम धमला, होम आइसोलेशन टिमका हेल्थ असिष्टेण्टद्धय राजेष विमली र विशाल दाहालको टिम उक्त स्थानमा पुगेकाे छ । स्थानियलाइ केही औषधि समेत वितरण गरिएकाे छ । उनीहरुलाइ कोभिड वाट वच्न र रोगको अवस्थाको वारेमा स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

इटहरी उपमहानगरले ४ जनाको पिसिआर परिक्षणकालागी नमुना संगलन गरेकाे छ । उनीहरुकाे पिसिआर परिक्षण रिपाेर्ट प्राप्त भए पश्चत उनीहरुमा काेराेना संक्रमण रहेकाे नरहेकाे पुष्टी हुने इटहरी अस्पतालले बताएकाे छ ।