होमिका श्रेष्ठ / सुनसरीको रामधुनी नगरपालिका–६ र ७ को सीमा क्षेत्र बकलौरीमा अवस्थित शंकरबेली ताल यतिबेला गुलाबी फूलहरूको मनमोहक छटाले ढकमक्क बनेको छ। शंकरबेली सिमसार क्षेत्रका रूपमा समेत परिचित यो स्थान पछिल्ला वर्षहरूमा उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
विशेषगरी ताल वरपर फुलेका गुलाबी फूलले वातावरणलाई झन् आकर्षक बनाएको छ। प्राकृतिक सौन्दर्यले भरिएको यस क्षेत्रमा पुग्नेहरूले तस्वीर र भिडियो सामाजिक सञ्जालमा साझेदारी गर्न थालेपछि शंकरबेलीको चर्चा तीव्र रूपमा फैलिएको स्थानीय बताउँछन्।
यही कारण पछिल्ला दिनमा यहाँ घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। परिवार, साथीभाइ तथा युवा पुस्ता ताल परिसरमा पुगेर प्राकृतिक दृश्यसँग रमाउने, तस्वीर खिच्ने र समय बिताउने गरेको देखिन्छ।
स्थानीयका अनुसार शंकरबेली सिमसार केवल घुमफिरको स्थल मात्र नभई जैविक विविधता र प्राकृतिक वातावरण संरक्षणको दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र हो। संरक्षण र व्यवस्थापनमा गरिएको प्रयासका कारण यो क्षेत्र विस्तारै पर्यटकको रोजाइ बन्न थालेको छ।
प्रकृतिको काखमा अवस्थित शंकरबेली ताल अहिले गुलाबी फूलहरूको मौसमसँगै झन् जीवन्त बनेको छ। शान्त वातावरण, पानीको सौन्दर्य र रंगीन फूलहरूको संयोजनले यहाँ पुग्ने जो–कोहीको मन लोभ्याउने गरेको छ।
नीयका अनुसार शंकरबेली सिमसार केवल घुमफिरको स्थल मात्र नभई जैविक विविधता र प्राकृतिक वातावरण संरक्षणको दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र हो। संरक्षण र व्यवस्थापनमा गरिएको प्रयासका कारण यो क्षेत्र विस्तारै पर्यटकको रोजाइ बन्न थालेको छ।
प्रकृतिको काखमा अवस्थित शंकरबेली ताल अहिले गुलाबी फूलहरूको मौसमसँगै झन् जीवन्त बनेको छ। शान्त वातावरण, पानीको सौन्दर्य र रंगीन फूलहरूको संयोजनले यहाँ पुग्ने जो–कोहीको मन लोभ्याउने गरेको छ।


![नेपाली कांग्रेसले रामधुनीले गरेको घर दैलो अभियान [हेनुहोस् फोटो फिचर] नेपाली कांग्रेसले रामधुनीले गरेको घर दैलो अभियान [हेनुहोस् फोटो फिचर]](https://saptakoshionline.com/uploads/2022/04/dgf-1024x1024.jpg)

















