इटहरीको विरेन्द्र चोक नजिकै  युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन । सेन्टर प्लाजा अगाडी एकाएक आज दिन दाहाडै खुकुरी हानाहान भएको हो । 

सुनसरीको इटहरी स्थित ब्यवसायिक भवन सेन्ट्रल प्लाजा अघाडी युवाहरूको समुहबिच खुकुरी हानाहान हुदा दुइजना युवा घाइते भएका छन भने दुइ जनालाइ प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान सुरू गरेको छ । खुकुरी हानाहान गर्ने दुइ युवालाई प्रहरीले प्रकाउ गरेको छ भने केही युवाहरु फरार रहेका छन  । फरार रहेका युवाहरुलाई प्रहरीले खोजी गरीरहेको छ ।  घाइते मध्ये एकको टाउकोमा चोट लागेको र उनको बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  घटनास्थलमा इटहरी प्रहरीले घटनास्थलबाट एक थान खुकुरी बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरी प्रमुख खगेन्द्र खड्का बताउछन । 

झगडा के कारणले भएको हो सो विषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको दुइ जनाको नाम गोप्य राखि अनुशन्धान गरिरहेको छ ।