इटहरी । इटहरी जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष जेसी मिसन पराजुलीले नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष (Vice President) पदमा उम्मेदवारी दिनुभएको छ।
इटहरी जेसीजको प्रस्तुतिमा पराजुलीले आगामी राष्ट्रिय महाधिवेशनमार्फत राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी अघि सार्नुभएको हो। उहाँको उम्मेदवारीलाई सफल बनाउन इटहरी जेसीजले सम्पूर्ण जेसीज मनहरूसमक्ष साथ, सहयोग र सद्भावका लागि आग्रह गरेको छ।
आगामी महाधिवेशन झापाको भद्रपुरमा आयोजना हुँदैछ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रममा पराजुलीले राष्ट्रिय उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुहुनेछ।
इटहरी जेसीजले उहाँको उम्मेदवारी सफलताको कामना गर्दै नेतृत्वदायी यात्राले जेसीज अभियानमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।




















