इटहरी ,  कोारोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा प्रदेश नम्बर १ को सबैभन्दा प्रभावित मोरङ्ग, सुनसरी र झापा जिल्लामा लकडाउनलाइ थप सशत्त र प्रभावकारी बनाउन शनिबारदेखि नेपाली सेनाको मोवाइल गस्ती परिचालन भएको छ । 

     कोरोना संक्रमणको अबस्था थप जटिल बन्दै गएको समयमा स्थानीय प्रशासनले गरेको लकडाउन र निषेधाज्ञा प्रभावकारी नदेखिए पछि त्यसको थप सशक्त र प्रभावकारी कार्यान्वयनका लागि सेनाको टोलीलाइ परिचालन भएको हो । प्रदेश १ को आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा शुक्रबार विराटनगरमा बसेको प्रदेश स्तरीय सुरक्षा बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त नेपाली सेनालाइ पनि मोरङ्ग, सुनसरी र झापा जिल्लामा नियमित गस्तीको रुपमा सडक, बजार र बस्तीहरुमा परिचालन गर्दै कोरोना संक्रमण न्यूनिकरण र रोकथामका लागि जनचेतना विस्तार कार्य र लकडाउनको कडाइका साथ कार्यान्वयन गर्ने गराउने कार्यमा खटाउने निर्णय गरेसगैं सेनाले माइकिंग गर्दै जनचेतनासमेत विस्तार गर्ने क्रममा गस्ती प्रारम्भ गरेको छ । त्यसै गरी अहिलेसम्म विभिन्न जिल्ला तथा स्थानीय तहहरुले आआफ्नै निषेधाज्ञा र लकडाउन जारी गर्दा त्यसको प्रभावकारी कार्यान्वयवमा समस्या आएको ठहर गर्दै बैठकले मोरङ्ग, सुनसरी र झापा जिल्लामा अब एकै ढँचा र स्वरुपको लकडाउन पनि जारी भएको छ ।

यसैबीच कोरोना संक्रमण्बाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा आगामी दिनमा आइपर्नसक्ने दक्ष जनशक्ति अभावलाइ दृष्टिगत गर्दै नेपाली सेनाले मोरङ्ग, सुनसरी र झापामा स्काउटसंगको सहकार्यमा शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरी प्रशिक्षित जनशक्ति तयार गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।  vlcsnap-2021-05-16-10h39m34s531vlcsnap-2021-05-16-10h40m13s535vlcsnap-2021-05-16-10h39m51s323vlcsnap-2021-05-16-10h40m04s491