सुनसरी । राजा ज्ञानेन्द्र शाहले देशमा स्थिरता र स्वायित्वका लागि सही राज्यपद्धतिको खाचो रहेको औंल्याउनु भएको छ ।

सोमबार सुनसरीको इनरुवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै राजा शाहले शान्ति एवं अनुशासन बिना देशमा स्थिरता कायम हुन नसक्ने औंल्याउनु भएको हो । शाहले विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर सामाजिक संरचना खल्बल्याउने  प्रयास भइरहेको समेत आरोप बताउनु भएको छ ।

उहाँले भन्नुभयो, 'कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ ।' परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम नदिने उहाँको तर्क थियो ।

जनता र आफ्नो भूमिको रक्षा गर्नु नै नेपालीको अहम धर्म भएको बताउँदै राजा शाहले दलहरु व्यक्ति परिवार समूह र गुट उपगुट बाट मुक्त हुनुपर्ने तर्क गर्नुभयो।

राजा शाहको धन्यवाद सम्बोधन जस्ताको तेस्तै

339452173_629100312341552_2903800357063308939_n 1
Screenshot 2023-04-03 174409Screenshot 2023-04-03 175024Screenshot 2023-04-03 175107Sequence 02.00_45_42_12.Still010

Sequence 02.00_21_23_18.Still003Sequence 02.00_35_59_00.Still012Sequence 02.00_38_45_02.Still009Sequence 02.00_50_02_21.Still013Sequence 02.00_16_34_05.Still002Sequence 02.00_45_42_12.Still010