कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि जिल्ला प्रशासन सुनसरीद्धारा भाेली रातिबाट ७ दिन सम्मका लागी सुनसरीमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेदेखि एक सतालाई निषेधाज्ञा हुने भएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए । बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार १२ देखि २४ वैशाखसम्म निषेधआज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन् । स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन्। तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ।