इटहरी । सुनसरीको इटहरीमा एक जना पुरुष मृत्य अवस्थामा भेटिएका छन । भारतको दार्जेलिगं घर भई आफन्तकामा वस्दै आएका सरोज न्यौपाने इटहरीको एपेक्स अस्पताल अगाडी मृत अवस्थामा भेटिएका हुन ।

    विहान सडकमा मानिस लडीरहेको भन्दै सडक प्रयोगकर्ताहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली पुगेर मुचुल्का उठाएर मृतकको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतक मादक पद्धार्थ खाएर लडेको जस्तो देखिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । न्यौपानेको मृत्युका विषयमा थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । मृतक न्यौपानेको टाउँकोमा चोट लागेर रगत बगेको जस्तो अवस्था देखिन्छ ।