जापान ।  संस्थागत सुधार, पहुँच र पारदर्शिताका लागि आफ्नु उम्मेदवारी  दिनेश लोहनी बताउनु भएको छ । गैरआवासीय नेपाली संघ(NRNA) राष्ट्रिय समन्वय परिषद्  (NCC) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव (खुला) पदमा दिनेश लोहनीले उम्मेदवारी घोषणा  गर्दै यस्तो बताउनु भएको हो । 

उनले आफ्नो उम्मेदवारीको मूल उद्देश्यलाई संस्थागत सुधार, सदस्य पहुँचको विस्तार , जपान बासि नेपालिको समस्या र पारदर्शिताको प्रवद्र्धनमा केन्द्रित रहेको बताएका छन्।

१४ वर्षदेखि जापानमा बस्दै आएका लोहनी विगत एक दशकदेखि सामाजिक, सांस्कृतिक र संस्थागत क्षेत्रमा सक्रिय हुनुन्छ। व्यवसायिक धादिङ समाज जापानमा महासचिव, वरिष्ठ उपाध्यक्ष र अध्यक्षजस्ता जिम्मेवारी सम्हालिसकेका उनले हाल  (NRNA) जापानको सल्लाहकार तथा वर्तमान कार्यसमितिका सदस्यका रूपमा समेत योगदान दिँदै आउनुभएको छ।

लोहनीले सचिवालयलाई सक्रिय, जवाफदेही र आधुनिक व्यवस्थापन प्रणालीमा आधारित बनाउने योजना सार्वजनिक गरेका छन्।  सूचना प्रवाहलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने, निर्णयहरू सार्वजनिक गर्ने र सदस्यता प्रक्रिया सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

(NRNA)  सबै नेपालीको साझा संस्था हो। यहाँ सबैको सहभागिता, विश्वास र पहुँच हुनुपर्छ,” लोहनीले भने। साथै, उनले आपतकालीन अवस्थामा सहयोग संयन्त्रलाई बलियो बनाउने र सबै वर्गलाई संस्थामा प्रतिनिधित्व दिलाउने उल्लेख गरे। उनको उम्मेदवारीसँगै सचिव पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। धेरैले उनको अनुभव र दृष्टिकोणलाई सकारात्मक रूपमा लिएका छन्।