इटाली । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ । इटालीका सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको गत शुक्रवार निधन भएको हो । उहाँ सन् २००६ मा राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । त्यस्तै सन् २०१३ मा दोस्रो सात वर्षको कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले सन् २०१५ स्वास्थ्य र उमेरका कारण राजिनामा दिनुभएको थियो । उहाँको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त हुनुभएको थियो । उहाँको निधनमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीदेखि अन्य राष्ट्रप्रमुखहरुले दुःख व्यक्त गरेका छन् । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार ।