काठमाण्डौ । चीनमा नयाँ वर्षको चहलपहल, राष्ट्रपतिदेखि सर्वसाधारण उत्साहीत चीनमा भव्यतापूर्वक नयाँ वर्ष मनाइदैछ । कोरोना संक्रमणको त्रास हटेपछि यसपटक चीनमा भव्यतापूर्वक नयाँ वर्ष मनाइदैछ । राष्ट्रपति सि जिनपिङदेखि सर्वसाधारणले उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन । 

फेब्रुअरी १ बाट नयाँ वर्षका लागि बिभिन्न कार्यक्रम आयोजना गरिएकाछन । मानिसहरूको सबैभन्दा ठूलो आवतजावत भर्खर सुरु हुन लागेको छ । चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन् । 272842998_723297709052111_5320040097759113968_n

कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो । उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन् ।  

चाडपर्वको यो मौसम कोरोनाभाइरसको महामारी फैलाउने घटना बन्न सक्ने त्रास कायमै छ । 273205849_266094695597066_1820050483682241862_n

चीनमा छुन च्ये भनिने यो पर्वले अघिल्लो वर्ष कोभिड–१९ को सङ्क्रमण फैलाउन उल्लेख्य भूमिका खेलेको थियो ।

त्यही भएर चिनियाँ अधिकारीहरू देशको सबैभन्दा ठूलो पर्व स्थगित नगरीकनै कसरी मानिसहरूलाई स्थानीय रूपमा नै बस्न प्रोत्साहित गर्ने भन्ने समस्यामा देखिएका छन् । 272735451_3112794505700281_6522292234883449057_n

छुन च्ये ज्यानुअरी महिनाको २८ मा सुरु भएर मार्चको ८ तारिखसम्म चल्छ जसले मानिसहरूलाई फेब्रअरी १२ मा मनाइने चिनियाँ नववर्ष मनाउन हजारौँ माइल यात्रा गरेर फेरि आफ्नै ठाउँमा फर्कन समय उपलब्ध गराउँछ । 272718505_357874909434763_8594155336707371482_n

साधारण अवस्थामा चीनमा प्रत्येक वर्ष यो अवधिमा झन्डै तीन अर्ब पटक यात्रा हुने गरेको छ । 

तर पोहोर कोरोनाभाइरस फैलिन थालेपछि सरकारले यात्रामा प्रतिबन्ध लगाएको थियो र यातायत मन्त्रालयको तथ्याङ्कले उक्त तथ्याङ्क आधामा झरेको देखाएको थियो । 260077526_342552590919930_2627326269497953068_n

यो वर्ष चीनको अधिकांश क्षेत्रमा जनजीवन सामान्य भइसकेको छ र अधिकारीहरूले यो वर्ष हुने यात्राको सङ्ख्या १।७ अर्ब हुन सक्ने अपेक्षा गरेका छन् ।