एजेन्सी । आज १८ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाःअमेरिकामा दास प्रथा अन्त्य स् सन् १८६५ को १८ डिसेम्बरमा अमेरिकी संविधानमा १३औं संशोधन भएको थियो । यो संशोधनले अमेरिकामा दासा प्रथालाई पूर्ण रुपमा निर्मूल गरेको थियो । त्यस्तै, १४ औं र १५ औं संशोधनले क्रमशः नागरिकको अधिकार र वर्ण,धर्म जात, जाति, लिंग आदिका आधारमा विना भेदभाव मतदान गर्ने अधिकार सुनिश्चित गरेको थियो ।

ट्रम्पलाई महाअभियोग स् सन् २०१९ मा आजकै दिन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । पद दुरुपयोग गरेको र संसद अबरोध गरेको आरोप लगाउदै माथिल्लो सदनले उनीमाथि महाअभियोग लगाएको थियो । उनी संसदले महाअभियोग लगाएका तेस्रो राष्ट्रपति हुन् ।

विपक्षी दलका नेता राष्ट्रपति स् सन् १९९७ मा दक्षिण कोरियामा विपक्षी नेता किम दाय जङ राष्ट्रपतिमा निर्वाचित भएका थिए । दक्षिण कोरियाको इतिहासमा विपक्षी दलको नेता राष्ट्रपतिमा निर्वाचित हुने किम पहिलो व्यक्ति हुन् ।