वि.सं. २०७८ पौष ०२ गते शुक्रवार तदनुसार ई. सं. २०२१ डिसेम्बर १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, चन्द्रोदय : दिउँसो ०३:४४ बजे र चन्द्रास्त : भोलि बिहान ०४:४९ बजे,  काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे,  मार्गशीर्ष शुक्लपक्षको चतुर्दशी तिथि,  (अहोरात्र व्याप्त), कृतिका नक्षत्र, दिउँसो ११:२४ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०९:३७ बजेसम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रयत्न गर्दा महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्य आम्दानी बढाउन सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) – वादविवाद तथा मुद्दा, मामिलामा सहभागी नहुनुहोला, नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ । विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नुपर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिए पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) – मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ । प्रेम प्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्इंकै पोल्टोमा पर्नेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) – सामाजिक कामहरू समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । राजनीति कर्मिले सर्वसाधारणको काम गरी पदप्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकाले मन प्रसन्न हुनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) – दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशमा बसेर काम गर्नेहरूले मनग्य धनसम्पत्ति जोड्न सकिने समय रहेको छ । स्वास्थ्य सबल हुने हुँदा परिणामुखी काम गरी समाजमा नाम कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) – आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्य धन आर्जन गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) – राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरू सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) – आफन्त तथा शुभचिन्तकहरूको सहयोग रहनेछ । मायाप्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) – सेयरबजार जस्ता क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । पुराना तथा थाँती रहेका काम सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्य धन सङ्ग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिन्छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दिदीबहिनीहरूको सहयोग पाइने हुँदा काम समयमा नै सम्पन्न गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) – मायाप्रेममा अविश्वास बढ्नेछ भने पतिपत्नीबीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महसुस हुनेछ । पहिलेका सम्झौता भङ्ग हुनेछ भने साझेदारहरूबीच भनाभन हुने योग रहेको छ । पढाइलेखाइमा अल्छी गर्नाले नतिजा भनेजस्तो आउनेछैन । विलाशी सामान प्राप्तिको योग भए पनि तपाईं आफ्नै कारणले टरेर जानेछ ।

कुम्भ –गु, गे, गो, सा, सी, सु, से, सो, दा)- व्यापार व्यवसायमा मन्दी आउनेछ । घरपरिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । गोप्य कुरा बाहिर आउने अधिक सम्भावना रहेको छ । धन सम्पत्ति तथा अचल सम्पत्ति हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरू तपाईंको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) – बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । मायाप्रेममा विश्वासको वातावरण बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।