झापा ।  शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमद्वारा आयोजित “श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) समारोह” भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख ११ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक महोत्सवप्रति देश–विदेशका भक्तजनहरूमा उच्च उत्साह देखिएको आयोजकले जनाएको छ । वि.सं. २०२५ मा स्थापना भई विभिन्न धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएको उक्त संस्थाले हालसम्म नेपालसहित भारत, भूटान, म्यानमार, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशमा आफ्ना गतिविधि विस्तार गरिसकेको छ । आश्रमले सञ्चालन गर्दै आएको वेद विद्यालय, गोशाला, छात्रावास, पुस्तकालय तथा अन्य सेवा कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्दै आएको जनाइएको छ । यस महोत्सवमा दक्षिण भारतबाट प्रमुख आचार्यहरूको उपस्थिति रहनेछ भने विभिन्न देशबाट धर्मगुरु, विद्वान तथा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। Messenger_creation_E760AE24-3BA7-41C0-B15D-324A4B5C4AD5

समारोहमा प्रमुख आचार्यका रूपमा दक्षिण भारतको तामिलनाडु, काञ्चीपुरम् स्थित र जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य गादी स्वामीजी महाराजको विशेष उपस्थिति रहनेछ । त्यस्तै, श्रीराम कथाको प्रवचनका लागि श्रीधाम अयोध्याबाट जगद्गुरु श्रीराघवाचार्य स्वामीजी महाराज प्रमुख कथा वाचकका रूपमा सहभागी हुनेछन्। यसबाहेक नेपाल, भारत, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका विभिन्न देशबाट सनातन परम्पराका विशिष्ट आचार्य, धर्मगुरु तथा विद्वानहरूको समेत उपस्थिति रहनेछ, जसले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप दिने अपेक्षा गरिएको छ। कार्यक्रममा दैनिक रूपमा धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, आँखा जाँच, तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् ।Messenger_creation_F61EB604-3524-410A-8415-9D20885A5941

त्यसैगरी, सातवटा मन्दिरमा स्थापित मूर्तिहरूको प्राण प्रतिष्ठा, जलाधिवास, धान्याधिवास, महाअभिषेक, ध्वजारोहण लगायतका महत्वपूर्ण वैदिक विधिहरू सम्पन्न गरिने आयोजक समितिले जनाएको छ। वैशाख ११ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह आयोजना गरिनेछ ।

उद्घाटनपश्चात आश्रमबाट सुरु हुने भव्य शोभायात्रा सुरुंगा, दुर्गापुर, लक्ष्मीपुर हुँदै अर्जुनधारा धामसम्म पुग्नेछ। त्यसपछि विर्तामोड नगर क्षेत्रको परिक्रमा गरी पुनः आश्रममा फर्किने कार्यक्रम तय गरिएको छ। धार्मिक पर्यटन प्रवद्र्धनमा समेत यस यात्राले योगदान पु¥याउने विश्वास लिइएको छ।  महोत्सव सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ, जसमा दान तथा सहयोग प्रमुख स्रोत रहने जनाइएको छ। दैनिक भोजन व्यवस्थापनका लागि मात्र करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा दैनिक १० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले देश–विदेशमा रहेका सम्पूर्ण श्रद्धालु, दाताहरू तथा स्थानीयवासीहरूलाई कार्यक्रममा सहभागिता जनाई सफल बनाउन आग्रह गरेको छ ।