काठमाडौं । अमेरिकाले प्रत्येक वर्ष झैं यो वर्ष पनि डाइभर्सिटी भिसाका लागि आवेदन खुला गरेको छ । प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट अमेरिकाले ५०औं हजार व्यक्ति अमेरिकाका लागि भिसा दिँदै आएको छ । अमेरिका जानका लागि डिभि भर्नेहरुको संख्या पनि ठूलो छ ।

यसपटक अक्टोबर ६ तारिखदेखि नोभेम्बर ९ तारिखसम्म डिभि भर्ने समय तोकिएको छ । डिभि भर्दा तपाईहरुले राम्रोसँग ध्यान दिएर भर्नुपर्ने हुन्छ । तपाईंको आवेदनमा परिवारका सबै परिवारका बारेमा स्पष्ट र पूर्णरुपमा विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

तपाईले आफ्नो पति पन्ती र बालबच्चाहरुको विवरण समावेश गर्दा डिभिमा छनोट हुने सम्भावनामा कुनै असर गर्दैैन् । तर यदि परिवारका सदस्यहरुको विवरण भर्नु भएन भने यदि डिभी परिहाल्यो भने भिसा लाग्दैन् ।

तपाईंको फोटो ६ महिनाअघि खिचिएको र उक्त फोटो पहिले डिभी भर्दा प्रयोग नभएको सुनिश्चित गर्नुपर्छ । तपाईंले आवेदन दिँदा आफ्ना सबै वैध पासपोर्टको विवरण प्रयोग भएको उल्लेख गर्नुपर्ने हुन्छ ।

डिभि आवेदन भर्नका लागि शुल्क लाग्दैन । तर केही कन्सलट्यान्सीहरुले भने डिभि आवेदन दिँदा पैसा लिने गर्दै आएका छन् । अनावश्यक सेवाका लागि शुल्क नतिर्न समेत अमेरिकी दूताबासले आग्रह गरेको छ ।