कोकिला भण्डारी  

 धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १ नं प्रदेश पालिका स्तरिय रामनवमी कप भलिबल प्रतियोगिताको उपाधी भोजपुर षडानन्द नगरपालिकाले हात पारेको छ  ।

झापा गाउँपालिकासँग भएको फाईनल खेलमा २५–२२, १५–२५, २१–२५ र १३–२५ अंकले झापा गाउँपालिकालाई हराउदै षडानन्द नगरपालिकाले उपाधि जितेको हो ।

जित सँगै षडानन्दले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । उप–विजेता बनेको झापा गाउँपालिकाले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

हिले भलिवल क्लवको आयोजनामा भएको उक्त प्रतियोगिाताका विजयी टिमलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, खेल सम्पन्न कार्यक्रमका अतिथिलगायतले पुरस्कार वितरण गरेको क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।

रामनवामीको अवसरमा हरेक वर्ष खेलाईदै आएको रामनवमी कप भलिवल प्रतियोगितामा यो वर्ष धनकुटा, भोजपुर, ईलाम, झापा, मोरङ जिल्लाका १० टिमले सहभागिता जनाएका थिए ।