इटहरी । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले इटहरी जेसीजले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ। नेपाल जेसीजको आह्वानअनुसार इटहरी जेसीजले तीनदिने राहत सामग्री संकलन कार्यक्रम सुरु गरेको हो।

बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउन अभियान सञ्चालन गरिएको इटहरी जेसीजले जनाएको छ।

अभियानअन्तर्गत खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री संकलन भइरहेको छ। राहत संकलन कार्यमा स्थानीय नागरिक, व्यवसायी, संघसंस्था तथा विभिन्न सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

इटहरी जेसीजका अनुसार राहत सामग्री भदौ १६ गतेसम्म संकलन गरिनेछ। सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले इटहरी जेसीज भवन, बीपी चोकमा आफूले सक्दो राहत सामग्री हस्तान्तरण गर्न सक्नेछन्।

संकलन भएका राहत सामग्रीलाई सम्बन्धित क्षेत्रका बाढीपीडितसम्म पुर्‍याउने उद्देश्य रहेको जेसीजले जनाएको छ। विपद्को समयमा पीडित परिवारलाई राहत तथा आवश्यक सामग्री उपलब्ध गराउन सबैको सामूहिक सहयोग आवश्यक रहेकाले अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

1111

इटहरी जेसीजले राहत संकलनसँगै विपद्मा परेका नागरिकप्रति मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्न सबैलाई आग्रह गरेको छ। ‘सक्नेले सहयोग गरौँ, नसक्नेले सहयोगका लागि आवाज उठाऔँ’ भन्ने भावनाका साथ अभियानमा जोडिन जेसीजले अनुरोध गरेको छ।

राहत संकलन तथा सहयोगसम्बन्धी थप जानकारीका लागि 9852059667 मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, JC Robin Neupane (9852697844), JC Pradosh Dhakal (Coordinator–9862364636) र JC Jiban Baral (Co-Coordinator–9802337036) लाई समेत सम्पर्क गर्न सकिने जनाइएको छ।

इटहरी जेसीजले बाढीपीडितको पीडामा साथ दिन इच्छुक सबै व्यक्ति, व्यवसायी, सामाजिक संघसंस्था तथा समुदायलाई अभियानमा सहभागी भई राहत सामग्री सहयोग गर्न अपिल गरेको छ।