सुनसरी । राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार युवा विकास केन्द्रमा सम्पन्न भएको छ ।
कार्यक्रममा कोशी प्रदेशका प्रेस रजिस्ट्रार तथा कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका लीलाराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
पदस्थापन कार्यक्रममा समूहको अध्यक्षमा गुरु ढकाल, उपाध्यक्षमा खेमराज श्रेष्ठ, सचिवमा केशव सिग्देल (पवन) र कोषाध्यक्षमा दिनेश श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना रहेका छन । भने, साधारण सदस्यमा रामबहादुर तामाङ (इजन), जेसिस भट्टराई र दीपक भुजेल रहेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले नेपाल फोटो पत्रकार समूह सुनसरीले अघि सारेका कार्यक्रम तथा योजनालाई प्रतिष्ठानले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष ढकालले फोटो पत्रकारहरूको क्षमता विकासलाई प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र सुनसरीमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारमा काम गर्ने बताए । उनले सुनसरीका सम्भावना र विशेषतालाई तस्बिरमार्फत राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित समूहलाई देशकै उत्कृष्ट शाखाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।समूहले फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै जिल्लाको कला, संस्कृति, पर्यटन तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




















