इटहरी । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा इटहरी जेसीज जुनियरले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

जेनजी शहीद दिवसको अवसरमा मंगलबार साँझ इटहरीको मुख्य  चोकमा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

इटहरी जेसीज जुनियरको आयोजनामा भएको कार्यक्रममा जेसीजका सदस्य तथा युवाहरूको सहभागिता रहेको थियो। शहीदहरूको योगदान र बलिदानको स्मरण गर्दै उनीहरूले शहीद परिवारप्रति सम्मान तथा ऐक्यबद्धता व्यक्त गरेका थिए।

561a5a5b-d0bf-4c86-a175-e0ef18506e04

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरणमा भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। उक्त दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरिएको छ।

दीप प्रज्वलनमार्फत इटहरी जेसीज जुनियरले जेनजी आन्दोलनमा भएको बलिदानलाई स्मरण गर्दै शहीदहरूको सपना र योगदानलाई आगामी पुस्ताले पनि सम्झिरहनुपर्ने सन्देश दिएको छ।