इटहरी । शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले Kindergarten Montessori Childcare Association (KMCA), इटहरीले विद्यार्थी मूल्याङ्कन र एकीकृत पाठ्यक्रमसम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ।

शनिबार इटहरी–२० पचरुखीस्थित लायन्स भवनमा आयोजित "विद्यार्थी मूल्याङ्कन अभिलेख कार्यसञ्चालन तथा एकीकृत पाठ्यक्रम मूल्याङ्कन (आधारभूत तह १–५)" विषयक तालिममा इटहरी क्षेत्रका २७ विद्यालयका करिब १६० जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।1782661340609

कार्यशालामा विद्यार्थी मूल्याङ्कन अभिलेख व्यवस्थापन, एकीकृत पाठ्यक्रमअनुसार सिकाइ उपलब्धिको मूल्याङ्कन, निरन्तर विद्यार्थी मूल्याङ्कन, अभिलेखीकरण तथा कक्षाकोठामा प्रयोग गर्न सकिने व्यवहारिक शिक्षण विधिबारे प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यास, समूह छलफल, प्रश्नोत्तर र अनुभव आदानप्रदानमार्फत तालिमलाई सहभागितामूलक बनाएका थिए।1782661343379

सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले शिक्षण पेसामा नयाँ ऊर्जा र आत्मविश्वास थपेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमका अध्यक्ष तथा KMCA का अध्यक्ष हरि आचार्यले शिक्षकको व्यावसायिक क्षमता विकास नै गुणस्तरीय शिक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो।1782661337399

उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, प्रिन्सिपल, शिक्षक–शिक्षिका, पदाधिकारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सचिव स्मृति, कोषाध्यक्ष सुनिता तथा गणेश कोइरालाको समन्वय र सक्रिय भूमिकाको विशेष प्रशंसा गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सहभागी शिक्षक–शिक्षिकालाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, तालिमबाट हासिल भएका ज्ञान, सीप र अनुभवलाई विद्यालयमा व्यवहारमा उतारेर विद्यार्थीको सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउन आग्रह गरिएको थियो।1782661343379

KMCA ले प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र विद्यालयहरूबीच सहकार्य तथा अनुभव आदानप्रदानलाई सुदृढ बनाउन आगामी दिनमा पनि यस्ता समयसापेक्ष र प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।