इटहरी। इटहरी उपमहानगरपालिका वडा नं. १, आपगाछीमा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुल ले आफ्नो १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।IMG-20260222-WA0004

कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष समर बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगीता कुमारी चौधरीकाे  प्रमुख अतिथिका रूपमा सहभागी भएकि थिइन प्रमुख अतिथि चौधरीले विद्यालयले शैक्षिक गुणस्तर कायम राख्दै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमार्फत सीप, कला र आत्मविश्वास विकासमा प्रेरित गरिरहेको बताउँदै प्रशंसा व्यक्त गरिन। उनले विद्यालयले अभिभावकको विश्वास जित्दै स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गरिन।IMG-20260222-WA0006

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक, गजललगायत विविध सांस्कृतिक प्रस्तुति राखी उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए। विभिन्न शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने यसअघि विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो।IMG-20260222-WA0008

विद्यालयका प्रधानाध्यापक राजेश बस्नेतले विद्यार्थीहरूलाई पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउँदै समग्र व्यक्तित्व विकासमा जोड दिइँदै आएको बताए। उनले विद्यालयले प्ले–ग्रुप (PG) देखि कक्षा ८ सम्म अध्ययन–अध्यापन गराउँदै आएको जानकारी दिँदै आगामी दिनमा शैक्षिक स्तर थप उकास्ने योजनाहरू अघि बढाइने उल्लेख गरे।

अभिभावक दिवसको अवसरमा विद्यालय प्रशासनले अभिभावकहरूसँग विद्यार्थीहरूको शैक्षिक प्रगति, विद्यालयका विविध गतिविधि तथा आगामी शैक्षिक योजनाबारे विस्तृत जानकारी गराएको थियो। यसले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।IMG-20260222-WA0007

कार्यक्रममा इटहरी वडा नं. १ का वडा अध्यक्ष रतन कार्की (कैलाश), शान्ति टोल विकास संस्थाका अध्यक्ष अर्विन न्यौपाने, धनकुटाका पूर्व स्रोत व्यक्ति रियन्द्र गुरागाईं लगायत विभिन्न संघ–संस्थाका पदाधिकारी, वडा सदस्य, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमले शैक्षिक उपलब्धिको समीक्षा गर्दै भविष्यका योजनाहरू साझा गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ। यस वर्षको कार्यक्रमले पनि विद्यालय र समुदाय बीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।IMG-20260222-WA0011