चिनियाँ उच्चस्तरीय टोली भोलि काठमाडौं आउँदै 


चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली भोलि काठमाडौैं आउँदैछ । वदलिदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,  जटिल हुँदै गइरहेको भू–राजनीति, नेपालको अस्थिर राजनीती र अनिश्चिताविच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लागेको हो । 


चिनियाँ कम्युनिस्ट पार्टी, अन्तरास्ट्रिय विभाग नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली भोलि नेपाल आइपुग्न लागेको हो । 

३ दिन नेपाल वसाईको समयमा उच्चस्तरीय राजनीतिक तथा सरकारी तहको भेटघाट हुने भरपर्दो श्रोतले जनाएको छ । 


टोलीले छिमेकिहरुसंग वढ्दै गईरहेको अविश्वासको समग्र अध्ययन र नेपालमा रहेका राजनैतिक शक्तिसंग सौहार्द भेटघाट गर्नेछ । नेपालको राजनीतिक स्थिरताको लागि स्थाई समाधान पहिल्याउने विषयमा पनि चीनले सुझाव दिनेछ ।  आगामी फागुन २१ का लागि तय निर्वाचनको सफलताको लागिसमेत टोलीले शुभकामना दिनेछ ।