इटहरी । नेकपा एमालेले आज (मंगलबार) सचिवालय बैठक बोलाएको छ।बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धि छलफलको लागि एमालेले सचिवालय बैठक बोलाएको छ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त १९ सिटमध्ये १८ सिटमा निर्वाचन हुँदै छ। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।राष्ट्रियसभाका रिक्त पदमा हुने निर्वाचनमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलसँग छलफल अघि बढाएको छ।
गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै छलफल गरेका थिए।बैठकमा नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ।मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरूलाई संयोजक र जिल्ला इन्चार्जहरूलाई पनि संयोजकको भूमिका दिने तयारी एमालेले गरेको छ।




















