इटहरी । सुनसरी इटहरी स्थित स्ट्यान्डर्ड सेकेन्डरी बोर्डिङ स्कुलले २०८२ सालको शैक्षिक क्यालेन्डर अनुसारको वार्षिक खेलकुद सप्ताह  विविध तथा साँस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भएको छ ।

 विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक रविन बोगटीको संयोजकत्वमा आयोजना गरिएको खेलकुद सप्ताहले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, सहकार्य र नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याएको विद्यालयले जनाएको हो ।

खेलकुद सप्ताहको औपचारिक उद्घाटन कार्यक्रम मंसिर २२ गते सम्पन्न भएको थियो । उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक गणेश कोइराला तथा सह–प्रधानाध्यापक निरज कोइरालाले संयुक्त रूपमा ब्यानर उद्घाटन गर्दै खेलकुद सप्ताहको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा स्ट्यान्डर्ड स्काउट टिम, स्ट्यान्डर्ड जुरेस, स्ट्यान्डर्ड बालक्लब, स्ट्यान्डर्ड स्टुडेन्ट क्वालिटी सर्कल लगायत विभिन्न विद्यार्थी संगठनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।IMG-20251215-WA0002

उद्घाटनको अवसरमा विभिन्न जातजातिको सांस्कृतिक पहिरनमा सजिएका विद्यार्थीहरूको आकर्षक झाँकीसहितको मार्चपास विद्यालय परिसरबाट सुरु भई  कान्छी चोक, नमूना टोल हुँदै बडहरा टोलसम्म परिक्रमा गरी पुनः विद्यालयमै आएर सम्पन्न गरिएको थियो । 

खेलकुद सप्ताह अन्तर्गत हाउस वाइज अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, टग अफ वार, १०० मिटर र २०० मिटर दौड लगायतका विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गरिएको थियो । यसैगरी, एथलेटिक्सतर्फ पूर्व–प्राथमिक, प्राथमिक, आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूका लागि हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, गणित दौड, मेमोरी कन्टेस्ट, म्युजिकल चेयर जस्ता शैक्षिक र मनोरञ्जनात्मक खेलहरू पनि समावेश गरिएको हो ।

यस्तै,हाउस वाइज प्रतियोगितामा हरियो सदनले २४ स्वर्ण पदकसहित प्रथम स्थान,रातो सदनले २३ स्वर्ण पदक, पहेँलो सदनले २३ स्वर्ण पदक, नीलो सदनले २२ स्वर्ण पदक सहित रजत तथा कास्य पदक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।IMG-20251215-WA0015 (1)

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक गणेश कोइरालाले खेलकुदको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले आजको युगमा व्यावहारिक ज्ञान अत्यावश्यक रहेको उल्लेख गर्दै, सहभागिता नै सिकाइको प्रमुख माध्यम भएको बताउनुभयो । डिजिटल खेलहरूको बढ्दो प्रभावका कारण बाहिरी खेलप्रति विद्यार्थीहरूको आकर्षण घट्दै गएको सन्दर्भमा विद्यालयले प्रत्येक साता अतिरिक्त क्रियाकलाप तथा वर्षमा एकपटक एक हप्ते खेलकुद सप्ताह आयोजना गरी घरबाहिर खेलिने खेलहरूमा सबै विद्यार्थीको अनिवार्य सहभागिता गराउँदै आएको जानकारी दिनुभयो । IMG-20251215-WA0042 (1)

खेलकुद सप्ताहमा सहभागी तथा विजयी भई ३२८ जना विद्यार्थीहरूले व्यक्तिगत रूपमा प्रमाणपत्र, मेडल तथा ट्रफी प्राप्त गरेको संयोजक शिक्षक रविन बोगटीले जानकारी दिनुभयो । खेलकुद सप्ताहको समापन कार्यक्रम विद्यालय परिसरमै विभिन्न साँस्कृतिक नृत्य तथा प्रस्तुतिहरूसहित सम्पन्न गरिएको थियो। समापन समारोहमा ७ दिनसम्म सञ्चालन भएका खेलकुद प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल लगाई सम्मान गरिएको कुरा सह–प्रधानाध्यापक निरज कोइरालाले बताउनुभयो । IMG-20251215-WA0013

विद्यालय प्रशासनका अनुसार, यस्ता खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्नुका साथै उनीहरूलाई अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक बन्न प्रेरित गर्दै आएको छ ।