जापान । धादिङ समाज जापानद्वारा रत्तदान कार्यक्रम आगामी नोभेम्बर ३० मा आयोजना गरिने भएको छ। उक्त कार्यक्रम जापानका तीन सहर — नागोया, ओसाका र टोकियोमा एकैसाथ सञ्चालन गरिनेछ।


धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठका अनुसार, यो कार्यक्रम नेपाली समुदायबीच सहयोग, सद्भाव र एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। उनले भने, “हामीले कर्मथलोमा रत्तदान कार्यक्रम सञ्चालन गर्दैछौं। सो दिन सबैले रत्तदान गरेर जीवनदान दिने अवसर पाउनेछौं भन्ने विश्वास लिएका छौं।”


धादिङ समाज जापानका महासचिव सुसान्त बनियाका अनुसार, रत्तदान एक सामान्य प्रक्रिया हो जसमा प्रत्येक स्वस्थ व्यक्ति तीन–तीन महिनाको फरकमा रत्तदान गर्न सक्छ। उनले जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई जीवन बचाउने अभियानमा हातेमालो गर्न आग्रह गरे।


रत्तदानजस्तो मानवतामूलक कार्यमार्फत नेपाली समुदायले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्दै जापानमा एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।


att.pELaYgk3RRp6nSMGQYSachxoJfA-PxuEhM7aVhK86x8


att.aFQ8kv3GXFWNT1IH5DIVu-QurGSavFN32QDBEJmZWT8