इटहरी ।  पूर्वी नेपालको प्रमुख इभेन्ट व्यवस्थापन कम्पनी डिलाइट इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रा. लि. ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नयाँ सेवा शुभारम्भ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले उक्त कार्यक्रम इमपेरियल बेन्क्वेट, इटहरीमा भव्यताका साथ सम्पन्न गरेको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना सेवामा थप नवीनता ल्याउँदै ‘फुड टेस्टिङ सेसन’ कार्यक्रमको पनि आयोजना गरेको थियो। यस अवसरमा विभिन्न अतिथिहरूले नयाँ स्वाद र व्यञ्जनहरूको स्वाद चाख्दै कम्पनीको हस्पिटालिटी सेवा औपचारिक रूपमा सुरु भएको घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्व मिस नेपाल २००२ तथा सञ्चारकर्मी माल्भिका सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहेकि थिइन । उनले कम्पनीको सेवा विस्तार र महिला उद्यमशीलताको क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गरिन । 20251108_141210


कार्यक्रममा डिलाइट इभेन्ट म्यानेजमेन्टकी संचालिका तबिता सुब्बाले कम्पनीले स्थापना कालदेखि नै इभेन्ट व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय र व्यावसायिक सेवा प्रदान गर्दै आएको बताइन्। उनका अनुसार विगत चार वर्षको यात्रामा कम्पनीले विवाह, जन्मदिन, पार्टी, कर्पोरेट कार्यक्रमदेखि लिएर विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमको व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

हामीले विगत चार वर्षदेखि निरन्तर इभेन्ट डेकोरेशन, साउन्ड, लाइटिङ र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका छौं। अब हामीले यसै सेवामा विस्तार गर्दै ‘हस्पिटालिटी र फुड टेस्टिङ सेसन’ को नयाँ अवधारणा ल्याएका छौं,” सुब्बाले भनिन्। “यो हाम्रो कम्पनीका लागि नयाँ अध्याय हो, जसले ग्राहकहरूलाई अझ परिष्कृत र अनुभवजन्य सेवा प्रदान गर्ने डिलाइट इभेन्ट म्यानेजमेन्टकी संचालक तबिता सुब्बाले बताइन । 


इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि दिनेश रसाइलीले डिलाइट इभेन्ट म्यानेजमेन्टजस्ता कम्पनीहरूले स्थानीय स्तरमा उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताए। उनले भने, “यो कार्यक्रमले फरक खालको सन्देश दिएको छ। आगामी दिनमा महिला उद्यमशीलता प्रवद्र्धनका लागि इटहरी उपमहानगरपालिकाले यस किसिमका पहलमा सहयोग गर्दै जाने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि दिनेश रसाइलीले बताए । कार्यक्रममा सामाजिक व्यक्तित्व, व्यवसायी, सञ्चारकर्मी, इभेन्ट सेक्टरका प्रतिनिधि र स्थानीय समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 20251108_140615

डिलाइट इभेन्ट म्यानेजमेन्ट कम्पनीले इटहरीलाई पूर्वी नेपालको प्रमुख इभेन्ट गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । कम्पनीले अबदेखि ‘डिलाइट डिजिटल इभेन्ट म्यानेजमेन्ट’ मार्फत डिजिटल प्रमोशन, ब्रान्ड मार्केटिङ, डेकोरेशन, हस्पिटालिटी र सम्पूर्ण इभेन्ट व्यवस्थापनका कामहरू एकीकृत रूपमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । र  आगामी दिनमा कम्पनिले अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।