इटहरी  | सुनसरीको  इटहरी उपमहानगरपालिका–१ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले विद्यार्थीहरूमा आर्थिक साक्षरता, उद्यमशीलता र व्यवहारिक सीप विकास गर्ने उद्देश्यले एक दिवसीय व्यवसायिक अभ्यास कार्यक्रम आयोजना गरेको छ।
ईसिए (ECA – Extra Curricular Activities)’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाइ विभिन्न  समूहमा बाँडिएर दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक लेनदेन, वस्तु खरिद–बिक्री, नाफा–घाटा गणना, हिसाब–किताब राख्ने तरिका लगायतका व्यवहारिक पक्षहरूमा प्रत्यक्ष अभ्यासमा सहभागी भएका थिए।IMG-20250725-WA0011
कार्यक्रमका क्रममा उनीहरूले कसरी सामान उत्पादन र मूल्य निर्धारण गर्ने, किनबेच गर्ने तथा लाभ–हानिको लेखाजोखा गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्राप्त गरे। शिक्षकहरूले यस कार्यक्रमलाई आर्थिक क्रियाकलाप (Economic Activity) वा व्यवसायिक अभ्यास कार्यक्रम (Business Practice Program) का रूपमा परिभाषित गर्दै अंग्रेजी माध्यमका विद्यालयहरूमा यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी सिकाइको माध्यम हुने बताएका छन्।
विद्यालयका प्रधानाध्यापक राजेश बस्नेतले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान वृद्धि गर्नुका साथै भविष्यमा आर्थिक रूपमा सक्षम र उद्यमशील बनाउनेमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, जीवनोपयोगी सीप सिक्न आवश्यक छ। यस कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र निर्णय गर्ने कौशल पनि विकास भएको देखिएको छ।IMG-20250725-WA0013
कार्यक्रममा विद्यार्थीहरूसँगै अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागी सबैले कार्यक्रममा उच्च उत्साह देखाउँदै यसलाई प्रेरणादायी, सिकाइमैत्री र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।
विद्यालयले यस्ता व्यवहारिक सिकाइका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने योजना रहेको जनाएको छ।