इटहरी । गुरु पूर्णिमाको अवसरमा इटहरी स्थित जनता माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरूले जनता माध्यमिक विधालयमा  गुरुहरूलाई विशेष सम्मान गर्ने भएका छन्।   इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक लक्ष्मण निरौलाले भोलि आयोजना गरिने सम्मान कार्यक्रममा विद्यालयमा शिक्षण गर्दै आएका वरिष्ठ गुरुहरू बलराम पोखरेल र  प्रेमप्रसाद   न्यौपानेलाई सम्मान गरिने जानकारी गराए।

पूर्व विद्यार्थी समूहको आयोजनामा हुने कार्यक्रममा ती गुरुहरूको शिक्षण, ज्ञान, संस्कार र समाज निर्माणमा पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै विशेष सम्मान गरिनेछ। कार्यक्रम जनता माध्यमिक विद्यालय, इटहरी उपमहानगरपालिका–१ मा विहान ९ बजे हुने बताइएको छ।Messenger_creation_4FABDF62-3A25-420F-A175-16F085525446

पत्रकार सम्मेलनमा बोल्दै संयोजक निरौलाले शिक्षामा उल्लेखनीय योगदान दिएका गुरुहरूलाई सम्मान गर्नु आजको आवश्यकता भएको र यसले भावी पुस्तालाई प्रेरणा दिने बताए। कार्यक्रममा विद्यालयका दिवंगत गुरुहरूको योगदान पनि स्मरण गरिने तथा वर्तमान विद्यार्थीहरूको तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ।