इटहरी । नेपालको कृषिप्रधान परम्परालाइ स्मरण तथा संरक्षण गर्दै, सुनसरीको इटहरी उपमहानगरपालिका–१  आपगाछीमा अवस्थित हाँसपोसा एकेडेमी इङ्लिस बोर्डिङ स्कुलले धान दिवसको विशेष अवसरमा भव्यताका साथ विद्यार्थीहरुलाइ  रोपाइँ तथा दही–चिउरा कार्यक्रमको आयोजना गरेको छ ।  विद्यालयमै आयोजित कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समितिका सदस्यहरूलाई समेट्दै मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा विद्यार्थीहरूले परम्परागत ढंगमा धान रोप्ने अभ्यास गरे ।  उनीहरूले हिलोमा खुट्टा चोबाउँदै, पारम्परिक शैलीमा बीउ बोक्ने, बिउ काड्ने, बाउसे गर्ने र रोपाइँ गर्ने कार्यमा सक्रिय सहभागिता जनाए । ff

धान दिवसको अवसरमा विद्यालयले बालबालिकाहरुलाई बीउ भनेको के हो, कसरी काड्ने, बाउसे र रोपाइँ कसरी गरिन्छ भन्ने कुरा व्यवहारिक रूपमा बुझाउन यस्तो कार्यक्रम सञ्चालन गरेको हो।  यस्ता गतिविधिले पुस्तान्तरण हुने संस्कारको ज्ञानको विकास गर्ने विद्यालयका प्रिन्सिपल राजेस बस्नेतले बताए ।

कार्यक्रमलाई अझ रामो्र बनाउन विद्यालयले सबै सहभागी विद्यार्थीहरूलाई नेपाली परम्परा स्वरूप विशेष परिकार दही–चिउरा खुवाएको थियो। विद्यार्थीहरूले हिलोमा रमाउँदै, गीत गाउँदै र परम्परागत शैलीको रोपाइँमा सहभागी हुँदै वातावरणलाई उत्सवमय बनाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समुदायका अन्य व्यक्तिहरू समेत कार्यक्रममा उपस्थित थिए । अभिभावकहरूले बालबालिकालाई यस्तो मौलिक अनुभव दिनु सराहनीय प्रयास भएको प्रतिक्रिया दिएका छन्। । यस्ता गतिविधिबाट बालबालिकाले आधुनिक शिक्षासँगै आफ्नो मौलिक संस्कार, पहिचान र जीवनशैलीप्रति पनि सम्मानजनक दृष्टिकोण राख्न सिक्ने छन ।gg

हाँसपोसा एकेडेमी इङ्लिस बोर्डिङ स्कुलको यो प्रयासले बालबालिकाहरुमा व्यवहारिक शिक्षाको माध्यमबाट कृषि चेतना, संस्कार र परम्पराको मर्म बुझाउन ठूलो योगदान पुर्याउने छ ।  विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बालमैत्री र संस्कृतिमैत्री शिक्षा प्रणालीलाई प्रवद्र्धन गर्ने विद्यालयको योजना छ ।