इटहरी । बैले राम्रो बानी बसालौं, फोहोर सधैं डस्टबिनमै हालौँ भन्ने मुल नाराका साथ एक्सपोट एजुकेसन तथा भिषा सर्भिसको आयोजना र लायन्स क्लब अपल इटहरी पाथिभराको सहकार्यमा “डस्टबिन हस्तान्तरण कार्यक्रम“ भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत एक्सपोट एजुकेसन तथा भिषा सर्भिसले संखरवेली सामुदायिक वन उपभोक्ता समितिलाई १० थान डस्टबिन हस्तान्तरण गर्दै सरसफाइ तथा वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता जनाएको हो ।

कार्यक्रममा , एक्सपोट एजुकेसन तथा भिषा सर्भिस प्रा लि. का प्रतिनिधि श्री कमल तिमल्सिनाले वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको चुलिंदो समस्या समाधान गर्न सामुदायिक स्तरबाट नै सचेतना र व्यवहारिक अभ्यास सुरु गर्न आवश्यक रहेको बताए । IMG-20250611-WA0021

प्रमुख अतिथि संखरवेली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घन लिम्बुले वातावरणप्रतिको सचेत सोच राख्दै यस्तो सकारात्मक पहल लिए बापत , एक्सपोट एजुकेसन तथा भिषा सर्भिसलाई धन्यवाद ज्ञापन गरे । प्लास्टिकजन्य र अव्यवस्थित फोहोरले पर्यावरणमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै यस्ता समस्याको समाधान सामुदायिक तहबाट नै खोजिनु पर्नेमा जोड दिए । 

कार्यक्रममा समितिका सदस्यहरू, सामाजिक अभियन्ताहरू, जनप्रतिनिधिहरू तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस कार्यक्रमले समुदायमा स्वच्छता, फोहोरको व्यवस्थापन र वातावरणीय चेतनाको स्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ ।