इटहरी । सुनसरीको इटहरीमा शुक्रबार देखी दोश्रो अन्तर प्रदेशीय पुरुष ह्विलचेयर वास्केटबल प्रतियोगीता सुरू भएको छ ।

 कोशी प्रदेश सामाजिक विकाश मन्त्रालय अन्तरगत प्रदेश खेलकुद बिकाश बोर्डको सहयोग र स्पाइनल इन्जुरी संघ कोशीको आयोजनामा विश्व आर्दश स्कुलको खेल मैदानमा प्रतियोगीता सुरू भएको हो । 

अपांगता भएका ब्याक्तीहरूको क्षमता अभिबृद्धी संगै खेलको माध्यमबाट सशक्त, सक्षम र आत्मबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दोश्रो अन्तर प्रदेशीय पुरुष ह्विलचेयर वास्केटबल प्रतियोगीताको कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचिव हेमराज तामाङले उदघाटनको उक्त प्रतियोगितामा सातै प्रदेशका इञ्जुरी खेलाडीहरूको सहभागीता रहेको छ । 

उदघाटन खेलमा सातै प्रदेशका समुह बिच प्रतिस्पर्धा गराइएको थियो । vlcsnap-2025-05-09-15h41m14s188

खेलको फाइनल संगै बिजेता ,उपबिजेता समुहलाइ शनीबार समापन कार्यक्रमका बिच पुरस्कार बितरण गरिने आयोजकले जनाएको छ । 

खेलमा बिजेता हुने समुहले नगद रू ५० हजार ,ट्रफी , मेडल ,,प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रोले नगद रू ४० हजार , मेडल ,प्रमाणपत्र र तेश्रो हुनेले नगद रू ३० हजार ,ट्रफी , मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन । 

त्यस्तै खेलमा उत्कृस्ट खेलाडी सम्मान तथा प्रोत्साहन पुरस्कारको पनि व्यवथा मिलाइएको आयोजकले जनाएको छ । WhatsApp Image 2025-05-09 at 15.39.28

स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममासामाजिक विकाश मन्त्रालयका सहायक सचिव दुर्गा भण्डारी बराल , विश्व आदर्श स्कुलका भाइस प्रिन्सिपल मोहन प्रसाद निरौला , याक्थुङ चुम्लुङ सुन्दरहरैंचा ५ का अध्यक्ष भक्तबहादुर लिम्बु (मादेन),किरात राइ यायोक्खा इटहरी १का अध्यक्ष यामबहादुर राई लगायतको सहभागिता रहेको थियो । 

खेल उदघाटनको अवसरमा बिहान इटहरिको नविल बैंक अगाडीबाट  विभिन्न जात जातीका भेषभुषाका झाँकि र नौमती बाजा सहित ह्विलचेयर र्याली नगर परिक्रमा गरि कार्यक्रम स्थलमा आई खेल सुरु गरिएको थियो ।