मोरङ । कालाखेती ,काराखेती प्रतिष्ठान नेपालको वार्षिक साधरणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । 

मोरङको सुन्दरहरैचा ५ मा रहेको पुर्वकै उत्कृष्ट धार्मिक पर्यटकिय क्षेत्र नंया विन्दावन गौशालामा भएको प्रथम अधिवेशनलबाट प्रतिष्ठानका अध्यक्ष बिष्णुराम कालाखेतीको तदर्थ समितिलाई पुर्णता दिएको हो ।

उपाध्यक्षमा भानु कालाखेती , सचिव विष्णु प्रसाद कालाखेती, स–सचिव रैवत कुमार कालाखेती, कोषाध्यक्ष अमिरा थापा कालाखेती रहेका छनभने  सदस्यहरुमा डा. बालकृष्ण कालाखेती, गोविन्द पसाद कालाखेती, ध्रुव कुमार कालाखेती, हिमल कुमार कालाखेती, ज्ञानु दहाल कालाखेती,राज कुमार कालाखेती लगायको १७ सदस्यहरु लाई प्रथम अधिवेशनले पुर्णता दिएको छ ।

झापा, मोरङ, सुनसरी जिल्ला कार्य समितिको संयोजनमा भएको वार्षिक साधरणसभा तथा प्रथम अधिवेशनमा नेपालको विभिन्न स्थानमा रहेका कालाखेती ,काराखेती प्रतिष्ठानका पदाधिकारी, सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । IMG_20250412_130529

कार्यक्रमलाई उत्कृष्ट बनाउन लोक दोहरी गायिका गंगा गौतम आचार्यले साँगितिक प्रस्तुतिले सहभागीहरुलाई नचाएर मनोरञ्जन प्रदान गरेकी थिन ।

मकवानपुरको मनहरीमा कृन्द्रिय कार्यलय रहेको प्रतिष्ठानले  समाज विकासका लागि एक आपसमा सम्पर्क वृद्धि गरि समन्वय, सहयोगको अवस्था सृजना गर्न सामुहिक उन्नतिका साथै मानव कल्याणकारी कार्यमा जुट्नका लागि एक सुसंगठित संस्थाको आवश्यकतालाई मध्यनजर गरि मानिसहरूको श्रम, श्रोत र साधनहरूलाई सामजिक कार्यमा परिचालन गर्न आवश्यक देखिएकोले यस प्रतिष्ठानको उदेश्य रहेको प्रतिष्ठानका अध्यक्ष विष्णुराम कालाखेतीले बताए । WhatsApp Image 2025-04-12 at 19.03.03

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्याधिश नरेन्द्रकुमार कालाखेतीले बन्धुहरू नेपाल राज्यको पूर्व देखि पश्चिम सम्म १० जिल्ला भन्दा बढी र विदेशका विभिन्न मूलुकहरूमा समेत बसोबास गरी आएका बन्धुहरूका बीचमा एकता कायम गर्ने, वंशावली तयार गर्ने, लगायतका विषयमा विगत केही वर्षदेखि व्यक्तिगत रूपमा विचार विमर्श हुँदै आइरहेको प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकाले बन्धुत्वको एकता र विकासमा थप योगदान पुग्ने बताएका छन् । IMG_20250412_114558

प्रतिष्ठानको वार्षिक उत्सवकै अवसरमा राधेश्यम सेवा ट्रष्टका संरक्षक महामण्डलेश्वर दिनबन्धु शात्रीलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए भने कालाखेती ,काराखेती परिवारका आमा,बुवा जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ । 

सोही अवसरमा कालाखेती प्रतिष्ठानले नंया विन्दावन गौशाला परिसरमा भारदवज रिशीको प्रतिमा निर्माणका लागी सिलान्यस गरिएको छ । 

कार्यक्रममा वर्षभरी गरिएका गतिविधि र आगामी कार्य योजना लगायतको अध्यक्ष,सचिव,उपाध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए  ।