इटहरी । इटहरी स्थित आपगाछीमा रहेको हासपोसा एकेडेमी अङ्ग्रेजी बोर्डिङ स्कुलले आज आफ्ना विद्यार्थीहरूसँग उल्लासपूर्ण रूपमा होली पर्व मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षकहरू र विद्यालय प्रशासनका सदस्यहरूले सामूहिक रूपमा होली खेल्दै एकआपसमा रंग साटासाट गरेका थिए । आज बिद्यालय विद्यार्थीहरूका लागि खुसी र उमङ्गको अवसर बनेको थियो । रंग, संगीत र उत्साहको वातावरणले विद्यालयलाई चिरपरिचित सांस्कृतिक स्थलका रूपमा प्रस्तुत ग¥यो ।12

कार्यक्रमको दौरान विद्यार्थीहरूले विभिन्न नृत्य, गीत र सांस्कृतिक प्रस्तुतिहरू मार्फत होली पर्वको रौनक बढाए । विद्यालयका प्रधानाध्यापक राजेश बस्नेतका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव बढाउनुका साथै सांस्कृतिक चासो पनि जागृत गर्छ । “हाम्रो विद्यालयले शैक्षिक गुणस्तरलाई मात्र होइन, विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई पनि उत्तिकै प्राथमिकता दिएको छ ।  13होली जस्ता सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूको सृजनात्मकता क्षमतामा अभिवृद्धीगर्ने अवसर प्रदान गर्ने र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने  प्रधानाध्यापक राजेश बस्नेत बताउछन । विद्यालय परिवारका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा भविष्यमा पनि विद्यार्थीहरूलाई पढाइसँगै विविध सांस्कृतिक गतिविधिमा सहभागी गराइने विद्यालयले जनाएको छ ।